खेल

वर्षाका कारण नेपाल र युएईको खेलमा ढिलाई

जिम्बाव्बे – खेल हुनुपूर्व वर्षा भएपछि नेपाल र युएईको अभ्यास खेल ढिला गरि सुरु हुने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट सुरु हुने पर्ने भएतापनि पानी परेका कारण अझै टस हुन सकेको छैन्। खेल कतिबेला सुरु हुने निश्चित भएको छैन्।

विश्व कप क्रिकेटको छनोट खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार (आज) आफ्नो पहिलो अभ्यास खेलमा युएईको सामना गर्न लागेको हो।

नामिबियामा यहि फागुन ३ गते सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा दोस्रो स्थान हासिल गर्दै नेपाल र पहिलो स्थान हासिल गर्दै युएई एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएन सफल भएका थिए।

नेपाल र युएईले २ साताको फरकमा तेस्रो पटक खेल्न लागेका हुन्। डिभिजन २ कोे समूह चरणमा खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल फाइनलमा भने ७ रनले हारेको थियो।

विश्व कप क्रिकेटको छनोट खेल यहि फागुन २० गतेबाट सुरु हुँदैछ। प्रतियोगिताको समूह बीमा रहेको नेपालले जिम्बाव्बे,अफगानस्तान, स्कटल्याण्ड र हङकङसंग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा फागुन २० गते बलियो टोली आयोजक जिम्बाव्बेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यस्तै नेपालले दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्ड, तेस्रो खेलमा फागुन २६ गते अफगानस्तान र अन्तिम खेलमा फागुन २८ गते हङकङसँग खेल्नेछ।

प्रतियोगिताको समूह एमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन्। दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् भने समूहको पुछारमा रहने २ टीम डिभिजन २ मा झर्नेछन्। डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ।
नेपालले दोस्रो अभ्यास खेलमा यही बिहीबार हङकङसँग खेल्नेछ।

 

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०९:४१ मंगलबार

वर्षाका कारण नेपाल युएईको खेलमा ढिलाई