खेल

थ्री स्टार र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

चितवन – चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) थ्री स्टार क्लब र  नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

दिउँसो २ः३० बजे बाट सुरु आजको खेल प्रतिस्पर्धी र रोमाञ्चक हुँने अनुमान गरिएको छ।

यसअघि सोमबारको खेलमा यस वर्षको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकर’मा ३–१ ले पराजित गर्दै फ्रेन्ड्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चितवनकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ५ लाख र शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ।
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०७:१९ मंगलबार

थ्री स्टार नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै