खेल

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै, कुन खेल कुन समयमा ?

इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको आठौं स्थानमा रहेको लेष्टर सिटी र १९ औं स्थानको स्टोक सिटी भिड्दै छन्।

त्यस्तै राति ८ः४५ मा ५ वटा खेल हुदैछन्। जसमा लिगको १० औं स्थानको एएफसी बर्नमाउथले १३ औं स्थानको न्यूक्यासल युनाइटेड, १४ औं स्थानको ब्राइटनले १६ औं स्थानको स्वान्सी सिटी, सातौं स्थानको बर्नलेले १८ औं स्थानको साउथह्याम्पटन, तेस्रो स्थानको लिभरपुलले १२ औं स्थानको वेष्टह्याम युनाइटेड, र २० औं स्थानकोे वेष्टब्रोमले १७ औं स्थानको हडल्सफिल्ड टाउनको सामना गर्नेछन्। 

यता राति ११ः१५ मा हुने आजको अन्तिम खेलमा लिगको ११ औं स्थानमा रहेको वार्टफोर्डले ९ औं स्थानको एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ।

प्रिमियर लिगको २७ औं चरणका खेलहरु सकिदा म्यानचेष्टर सिटी ७२ अंकका साथ शिर्ष स्थानमा छ। त्यस्तै ५६ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो, ५४ अंक जोडेको लिभरपुल तेस्रो तथा ५३ अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०५:१६ शनिबार

प्रिमियर लिग फुटबलमा खेल हुदै खेल समयमा