खेल

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

काठमाडौं – पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

मलेसियन पुलिस टिमसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुने खेलाडीमा विकेश खडगी, आषिक थापामगर, आशिष लामा, रेशम पहरी, सागर थापा, जय गुरुङ, नवीन गुरुङ, सागर रे, सैजन राई, अभिषेक लिम्बु, दिनेश आलेमगर र संकल रेग्मी रहेका छन्।

त्यस्तै सुन्दर थापा प्रशिक्षक, पुरन गिरी, वचन देउजा व्यवस्थापकको रूपमा त्यसतर्फ जान लागेका हुन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्का र ओलम्पियन दीपक विष्ट पनि टोलीसँगै मलेसिया लागेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

नेपाली टोलीले शुक्रबार मैत्रीपूर्ण खेल खेल्नेछ भने अन्य दुई खेलमा भने अन्य टोलीसँग बाँडिएर प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी गराएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:१८ बिहीबार

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ