धरान – धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ।
धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुर्गापुरलाई ० का विरुद्ध १ गोल गर्दै थ्री स्टार फाइनलमा पुगेको हो। खेलको ७३ औं मिनेटमा अनन्त तामाङलाई रिप्लेस गर्दै मैदान छिरेका विष्णु गुरुङ्गले ९४औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन्।
शनिबार हुने फाइनलमा थ्री स्टारले नेपाल पुलिसको सामना गर्नेछ।
प्रकाशित: २५ माघ २०७४ १२:०९ बिहीबार