खेल

एपिएफ र न्यु डायमन्डबीच फाइनल

काठमाडौं – एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण क्लबको कोर्टमा शुक्रबार एपिएफ दोहोरो जित हात पार्दैै शीर्ष स्थानमा उक्लिएको हो । पहिलो खेलमा श्रीगाउँलाई २५–१२, २५–१०, २५–८ को सोझो सेटमा हराएको एपिएफले दोस्रो खेलमा टप्स उमाविलाई २५–१२,२५–११ , २५–१७ ले पराजित गरेको हो।

एपिएफले १६ खेलमा अपराजित रहँदै ४७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । जुन समान खेल खेलेको न्यु डायमन्डभन्दा एक अंक बढी हो।

पहिलो लिगमा एपिएफसँग ३–२ को सेटमा पराजित डायमन्डलाई शनिबार हुने एपिएपविरुद्धको खेलमा उपाधि जित्नका लागि ३ अंक जोड्नुपर्नेछ । लिगको समीकरणअनुसार एपिएफ न्यु डायमन्डसँग ३–२ को सेटमा हारे पनि उपाधि विजेता बन्नेछ । न्यु डायमन्डले  उपाधि जित्नका लागि कम्तीमा ३–१ को सेटमा एपिएफलाई हराउनुपर्नेछ।

शुक्रबार सम्पन्न अन्य खेलमा नेपाल आर्मीले मेघौली स्पोर्ट्सलाई २५–१८, २५–२१, २५–२१ को सोझो सेटमा पराजित गर्दा नेपाल पुलिसले श्रीगाउँमाथि २५–८, २५–१२, २५–१७ को जित हात पा¥यो।

 

प्रकाशित: २० माघ २०७४ ०१:२३ शनिबार

एपिएफ न्यु डायमन्डबीच फाइनल