खेल

एपिएफ अपराजित

काठमाडौं – शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

सोमबारै टप्स उच्च माविले दोहोरो जित निकाल्ने क्रममा थ्री स्टार क्लबलाई २५–३, २५–१०, २५–३ तथा स्प्रिङडेललाई २५–११, २५–६, २५–७ को नतिजामा पराजित गर्यो ।पूर्वाञ्चल क्षेत्रीय भलिबल टिमले पनि दोहोरो जित निकाल्यो । पूर्वाञ्चलले स्प्रिङडेल र पारामाउण्ट हाई स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

न्यु डायमण्ड ११ खेलमा ३१ अंकका साथ शीर्ष स्थानमा रहँदा अपराजित एपीफफ १० खेलमा २९ अंक जोड्दै दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब (२७) तेश्रो स्थानमा छ ।

प्रकाशित: १६ माघ २०७४ ०२:३५ मंगलबार

एपिएफ अपराजित