खेल

नेपाल सुपर लिग : विरगन्ज र धनगढीबिच खेल जारी,मध्यान्तरसम्म १–१ गोलको बराबरी

नेपाल सुपर लिगको दोस्रो संस्करणको खेल अन्र्तगत अहिले धनगढी एफसी र  विरगन्ज युनाइटेड एफसी बिच खेल भइरहेको छ।

काठमाडौको दशरथ रंगशालामा साँझ ५ः३० बजे देखि शुरु भएको खेलमा मध्यान्तर सम्म दुवै टोलीबाट एक एक गोल भई खेल बराबरीमा रहेको छ। धनगढी एफसी  गत सिजनको उपविजेता टोली हो भने  विरगन्ज युनाइटेड एफसी नवप्रवेशी टोली हो।  

धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन्।यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण दिएका छन्।

विरगन्जको मार्कीखेलाडीमा  नेपाली राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्की रहेका छन् भने मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन्।

अहिलेसम्म भएका तीन खेलमा काठमाडौं रेजर्स, पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले आ–आफ्ना  जितिसकेका छन्।

धनगढी एफसीको  टोलीः

मार्कीखेलाडी:आशिष चौधरी

प्रशिक्षक : युगलकिशोर राई, सहायक प्रशिक्षक स् राजु तामाङ, गोलरक्षक प्रशिक्षक स् मिन बस्नेत

विदेशी खेलाडी : फालो डियाग्ने (सेनेगल), रिचार्ड इसे आगेमांग (घाना), मोहमद ताहा र अहमद हिजाजी (लेबनान), आफिज ओलावाले (नाइजेरिया), फोडे फोफाना (गिनी)

अक्सनमा अनुबन्धित खेलाडी : साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टिकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु, रामचन्द्र वाजी

अन्य खेलाडी : ओम प्रकाश चौधरी, रोहन कार्की, सन्दीप खडायत

फिजियो : आविष्कार पुडासैनी,

व्यवस्थापक : दीपेश तिमल्सिना

विरगन्ज युनाइटेड एफसीः

मार्कीखेलाडी::दीप कार्की

प्रशिक्षक :सनोज श्रेष्ठ, प्राविधिक निर्देशक स् उपेन्द्र मान सिंह, सहायक प्रशिक्षक स् राजकिशोर धामी, गोलरक्षक प्रशिक्षक स् श्री प्रकाश वैद्य, मेन्टर स् राजेन महर्जन

आइकोनिक खेलाडी : तेज तामाङ

विदेशी खेलाडी : विलियम ओपोकु, एकिंस की बाफोर, हान्स क्वोफी, ओबेद ओवुसु (घाना), गुस्ताभो शमाला जाद्जे (कंगो)

अक्सनमा अनुबन्धित खेलाडी : सुरज गुरुङ, भिषण गुरुङ, शत्रुघन कुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, सुवास गुरुङ, सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का, दिपेन्क राज सिंह

अन्य खेलाडी :कोइप कान्त थारु

फिजियो :कौशल दाश, अवासना राजभण्डारी,

व्यवस्थापक: मुना खान चौधरी

प्रकाशित: १० मंसिर २०८० १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App