खेल

पोखराद्वारा काठमाडौंलाई ९९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा काठमाडौं किङ्स ११ ले पोखरा राइनोजलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको काठमाडौं किङ्स ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ ९८ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि सागर पुनले सर्वाधिक ३६ रनको योगदान गरे। उनले ४७ बलमा २ चौका र १ छक्काको मद्वतमा ३६ रन बनाए। त्यस्तै राजु रीजालले २९ बलमा २ चौकाको मद्वतमा १७ र सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्य ब्याट्समनले दोहोरो रनको स्कोर छुन सकेनन्। 

काठमाडौंलाई ९८ रनको सामान्य स्कोरमा समेटन पोखराका लागि बिक्रम सोभ, सुसन भारी र कप्तान शक्ति गौचनले  २/२ विकेट लिदा,ताज वलि र इसरुल्लाहको नाममा पनि १/१ विकेट रह्यो । प्रतियोगितामा केहिछिन पछि ९९ रनको विजयी लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ् गर्दैछ। 

 

प्रकाशित: ७ पुस २०७४ ०४:५५ शुक्रबार

पोखराद्वारा काठमाडौंलाई ९९ रनको लक्ष्य प्रस्तुत