खेल

मलेसियाविरूद्ध नेपालले कटायो १ सय रन

तस्बिर: राजिव खत्री/नागरिक

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालले १ विकेट गुमाएर १ सय रन कटाएको छ। नेपालले १०.४ ओभरमा एक सय रन कटाएको हो।

कुसल भूर्तेल २५ बलमा ४३ रन बनाएर आउट भएका छन्। यसैगरी कुसल मल्ल १८ बलमा ३७, आसिफ शेख १७ बलमा १३ रन बनाएर खेलिरहेका छन्।

मलेसियाले नेपाललाई खेल जित्नका लागि १६६ रनको लक्ष्य दिएको थियो। मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। खेलको समाप्तिसम्म १६५ रन बनाएको थियो। यो खेल जित्ने टिम सेमिफानलमा पुग्ने छ। खेल किर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको छ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८० १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App