खेल

भारतको पकड बलियो

नागपुर- कप्तान विराट कोहलीको दोहोरो शतक प्रेरित भारतले श्रीलंकाविरुद्धको दोस्रोे टेस्टमा तेस्रो दिन आइतबार बलियो पकड कायम गरेको छ ।
भारतले ६१०–६ मा पहिलो इनिङ समाप्ती गरेपछि आइतबारै दोस्रो इनिङ सुरु गरेको श्रीलंका तेस्रो दिनको खेल समाप्तीमा २१–१ मा खेलिरहेको छ । श्रीलंका अझै ३ सय ८४ रनले पछि छ । श्रीलंकाले पहिलो इनिङमा २ सय ५ रन बनाएको थियो । दिमुथ करुणारत्ने अविजित ११ र लहिरु थिरिमाने अविजित ९ रनमा खेलिरहेका छन् ।
यसअघि कोहलीको दोरोरो शतक र रोहित शर्माको शतकप्रेरित भारतले ६१०–६ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । कोहलीले २ सय १३ र शर्माले अविजित १ सय ३ रन जोडे । २ सय ६७ बल खेलेका कोहलीले १७ चौका र २ छक्का प्रहार गर्दा १ सय ६० बलमा शर्माले ८ चौका र १ छक्का प्रहार गरे ।
श्रीलंकाका दिलरुवान परेराले ३ तथा रंगना हेराथ, लहिरु गामागे र धसुन सनाकाले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App