खेल

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

फाइल तस्बिर

काठमाडाै - आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ । शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७, ज्योती पण्डेले २१, काजल श्रेष्ठले १४ र इन्दुवर्माले ६ रन योगदान गरे। नेपालविरुद्ध जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ र मात्रै बनाउन सक्यो । 
मलेसियालाई कम स्कोरमा रोक्ने क्रममा नेपालकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् । मलेसियाका लागि इमिलिया एलिएनी सर्वाधिक २४ र जायामी स्यामिमीले  १६ रन बनाइन् । अब नेपालले अाइतवार चीनसँग खेल्नेछ ।

 

प्रकाशित: ८ मंसिर २०७४ ०६:२८ शुक्रबार

आइसीसी महिला टि–२० मलेशियाविरुद्ध नेपालको सहज जीत