खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपालका सन्दिप र गुलशन पनि आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले लगातार छैटौं र सातौं विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले छैटौं विकेटको रुपमा सन्दिप जोरार सातौं विकेटको रुपमा गुलशन झालाई गुमाएको हो।

सन्दिप १० रनमा आउट भएका छन्। उनलाई युएईका जहूर खानको बलमा मोहम्मद वशिमले आउट गरेका हुन्। यस्तै गुलशन ५ रनमा आउट भएका छन्। उनलाई युएईका जुनैद सिद्धिकीको बलमा मोहम्मद वशिमले आउट गरेका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०६:५१ शुक्रबार

त्रिकोणात्मक टि–२० क्रिकेट