खेल

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

नेपालगन्ज- जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए। म्याराथनमा आर्मीका खड्कबहादुर खड्का (२ घण्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो, एपिएफका गणेशसिंह ठकुरी (२ घण्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका थिए । दुर्गाले नगद ५५ हजार प्राप्त गरे। दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । म्याराथनमा आठौं स्थानसम्म हासिल गर्नेले नगद पुरस्कार पाएका थिए। 

आर्मी क्लबकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । उनले १ घण्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। आर्मीकै चन्द्रा रावत (१ घण्टा २८ मिनेट ६ सेकेन्ड) दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घण्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो भए । हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरे । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत भए । पाँच किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । राममायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेका थिए । छात्रातर्फ जुम्लाका विवेक कठायत दोस्रो, बाँकेका अरविन्द क्षत्री तेस्रो भएका थिए । छात्रामा जुम्लाकी अमृता भण्डारी र सल्यानकी चन्द्रकुमारी घर्ती तेस्रो स्थान हासिल गरेकी थिइन् ।

 ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारू दोस्रो र दीपक दराई तेस्रो भएका थिए । उनीहरूले ५, ३, २ हजार रुपैयाँ प्रदान गरिएको थियो । विजेताले १०, दोस्रोले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे । सबै इभेन्ट्समा गरी ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो । म्याराथन नेपालगन्ज रंगशालादेखि सुरु भई कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुगेर टुंगिएको थियो ।

म्याराथनको अवसरमा पूर्वओलम्प्यिन रघुराज वन्तलाई सम्मान गरिएको थियो । दशबर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत् शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै क्रिएटिभ ह्यान्ड्सले नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ।

प्रथम हुनेले  नगद ५५ हजार प्राप्त गरे । दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । म्याराथनमा आठौं स्थानसम्म हासिल गर्नेले नगद पुरस्कार पाएका थिए । 

 

 

 

 

प्रकाशित: ६ मंसिर २०७४ ०४:०६ बुधबार

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि