खेल

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास (भिडियो)

सन्यासको क्षमा भावुक बनेका अनिल गुरुङ (दायाँ) सँग नेपाली फुटबल टोलीका अन्जन विष्ट। तस्विरः प्रबिन कोइराला

काठमाडौं—नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। एएफसी एशिया कप २०१९ छनौटका लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको नेपाल र फिलिपिन्सबीचको खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

८० औं मिनेटमा मैदान प्रवेशका उनले आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शनको प्रयास गरेका थिए। अनलिको उपस्थितिसँगै नेपालले फिलिपिन्समाथि दवाब बढाए पनि गोल गर्न भने सकेन।

एक दशक लामो अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनले ५० खेल खेल्दै ९ गोल गरेका थिए। सन् २००७ को अक्टोबरमा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा प्रवेश पाएका अनिल दश वर्षसम्म टोलीमा रहे।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि घरेलु लिगमा खेलिरहने उनले बताए।

भिडियो

प्रकाशित: २८ कार्तिक २०७४ १२:५० मंगलबार

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास भिडियो