खेल

खराब मौसमका कारण यु- १९ क्रिकेट टोली क्वाल्लामपुर विमानस्थलमै

मलेसिया- आज नेपाल आउन लागेको नेपाली यु- १९ क्रिकेट टोली अहिले मलेसियाको विमान स्थलमै छ। एसीसी यु- १९ पूर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेर फर्कदै गरैको नेपाली युवा टोली अहिले क्वाल्लामपुर विमान स्थलमै रोकिएको छ। खराब मौसमका कारण हिमालयन एयरलायन्सको विमानमा नेपाल फर्कन लागेको टोली अहिले विमान स्थलमै छ।

मलेसियाको समय अनुसार नेपाली टोली ४ बजेर ३० बजे नेपाल तर्फ जाने योजना थियो। तर यहाँको खराब मौसमका कारण काठमाडौंबाट उडेको हिमालयन एयर लायन्सको एच ९ ०८९१ नम्बरको उडान क्वाल्लामपुरमा अवतरण गर्न नसकेर अन्य शहरमा गएर अवतरण गरेको छ। नेपाली टोली आउन लागेको विमान निर्धारित समय भन्दा करिब ३ घण्टा ढिला भैसकेको छ । नेपालले लाई हङकङलाई ५ विकेटले हराउँदै एसीसी यु १९ पुर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेको थियो । च्याम्पियन बनेसँगै नेपालले नोभेम्बरमा हुने यु १९ एसिया कप क्रिकेटमा छनोट भएर फर्कदै छ । नेपाली टोली अहिले विमान स्थलमै रोकिएको छ।

प्रकाशित: २ आश्विन २०७४ ११:२८ सोमबार

खराब मौसमका कारण यु- १९ क्रिकेट टोली क्वाल्लामपुर विमानस्थलमै