खेल

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

मलेसिया— कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने बलिङमा हाबी हुँदा नेपालले एसीसी यु १९ इस्टर्न रिजन क्रिकेटमा भुटानलाई ९ विकेटले हराएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित हासिल गरेपछि नेपाल ४ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

बलिङ राम्रो भयो। यो विकेटमा ८, १० ओभरमा अलआउट गर्न कठिन छ। तर हामी आफ्नो लयमा खेलिरहेका थियौं । हामी कोसँग भन्दा कसरी खेल्ने भन्ने बारेमा सोचिरहेका हुन्छौं।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार सिंगापुरसँग खेल्दैछ। समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल समूहको शीर्ष स्थानमा छ। 

जितपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासले बलरले राम्रो प्रदर्शन गरे पनि सुधार गर्ने ठाउँ रहेको बताए।

‘बलिङ राम्रो भयो। यो विकेटमा ८, १० ओभरमा अलआउट गर्न कठिन छ। तर हामी आफ्नो लयमा खेलिरहेका थियौं । हामी कोसँग भन्दा कसरी खेल्ने भन्ने बारेमा सोचिरहेका हुन्छौं,’ दासले भने, ‘हामीले आज केही अनावश्यक रन पनि दिएका छौं । त्यसलाई सुधार गर्न सकिन्छ । नयाँ खेलाडीलाई अवसर दियौं । त्यो हाम्रो लागि सकारात्मक कुरा हो।’

मलेसियाको किनरारा ओभल रंगशालामा प्रशिक्षक विनोद दाससँग कमल खत्रीले गरेको भिडियो कुराकानी हेर्नुहोस्ः

प्रकाशित: २८ भाद्र २०७४ १४:०३ बुधबार

नेपालले कसरी भुटानलाई धराशयी भिडियो