खेल

आइसीसी विश्वकप छनोट: आज नेपाल र युएईबीच खेल हुँदै

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदैछ।जिम्बावेको हरारेमा हुने यी दुई बीचको खेल  नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने । 

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ।नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

यस प्रतियोगितामा नेपाल जिम्बाबे , वेष्ट वेस्ट इन्डिज र नेदरल्याड्ससंग पराजित भएर सुपर सिक्समा पुग्न असफल भएको हो । यस प्रतियोगितामा नेपालले अमेरिकालाई मात्र हराएको थियो।  

युएईसंग प्रतिस्पर्धा गर्न नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेको प्लेईङ११ लाई निरन्तरता दिने सम्भावना रहेको छ । 

नेपालको सम्भावित प्लेईङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: १७ असार २०८० ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App