खेल

पन्जाबको जितमा मोहित नायक

मुम्बर्इ इण्डियन्सविरूद्ध राेमाञ्चक जित हात पारेपछि खुसियाली साट्दै पञ्जाबका खेलाडी । तस्बिर : एपी

मुम्बई – कठिन मानिएको तीन ओभरमा मोहित शर्माले चार पटक उत्कृष्ट पारामा बल फालेपछि किंग्स–११ पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियनलाई ७ रनले हराउँदै प्लेअफ खेल्ने सम्भावना जीवित राखेको छ । 

अन्तिम ओभरको चार बलमा मोहितले एक रनमात्र खर्चेपछि पन्जाबले सफलता हासिल गरेको थियो । खेल जित्न मुम्बईलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । तर, मुम्बईले खेल सकिदा ६ विकेटको नोक्सानीमा २ सय २३ रन जोडेको थियो । जुन जितका लागी प्रर्याप्त भएन । 

अन्त्यसम्म क्रिजमा टिकेका मुम्बईका किरोन पोलार्डले अविजित ५० रन बनाए । लेन्डल सिमोन्सले ५९ रन जोडेका थिए । मोहितले ५७ रन खर्चेर २ विकेट लिए । दायाँ हाते तिव्र गतिका वलर मोहितले आफनो सुरुआती तिन ओभरमा ४९ रन खर्चेका थिए । मोहितले छैटौं ओभरमा १६, नवौं ओभरमा १७ र १८औ ओभरमा १६ रन खर्चेका थिए । तर अन्तिम ओभरमा भने उनले सानदार वलिङ गर्दै टोलीलाई जितको हकदार बनाए । अन्तिम ओभरमा वलिङ गर्न आएका मोहितको दोस्रो बलमा पोलार्डले छक्का प्रहार गर्दै पन्जाबमाथि दबाब बढाएका थिए । पोलार्डले छक्का प्रहार गरेपछि मुम्बईलाई खेल जित्न ९ रनमात्र आवश्यक थियो । तर त्यसपछि भने मोहितले कसिलो वलिङ गर्दै पोलार्डलाई निराश बनाए । 

पहिला ब्याटिङ गरेको पन्जाबले ३ विकेटको नोक्सानीमा २ सय ३० रन जोडेको थियो । पन्जाबका लागि ऋद्धिमान साहले ५५ बलमा ११ चौका र ३ छक्कासहित अविजित ९३ रन बनाए । ओपनर एवं कप्तान ग्लेन म्याक्सवेलले ४७ रन बनाए । 

प्रकाशित: ३० वैशाख २०७४ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App