खेल

ए डिभिजनः फ्रेण्ड्स क्लव र हिमालयनबीचको खेल बराबरी

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

लिग अन्तर्गत आ नै च्यासल मैदानमा सम्पन्न खेलमा  फ्रेण्ड्स क्लव र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए। यस बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको छ । हिमालयनले २३ खेलमा ३० अंक जोडेको छ।

यससँगै जारी लिगमा २३औं चरणका खेल सम्पन्न भएका छन्। २३औं चरणको खेल सम्पन्न हुँदा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले ४१ अंक जोड्दै तालिकाको पहिलो स्थानमा रहेको छ।  साविक विजेता मच्छिन्द्र ३९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा जावलाखेल ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। यस्तै पुलिस चौथो स्थानमा अटाउँदा विभागीय टोली त्रिभुवन आर्मी पाँचौ स्थानमा छ। यस्तै खुमलटार र फ्रेण्ड्स रेलिगेशन क्षेत्रमा बच्नका लागि संघर्ष गरिरहेका छन्।  

प्रकाशित: १८ जेष्ठ २०८० १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App