खेल

नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि दोस्रो इनिङलाई २९ ओभरमा झारिएको थियो। डकवर्थ लुइस पद्धति अनुसार केन्यालाई जम्मा १०४ रनको चुनौती दिइएको थियो। खेल जारी रहँदै  पुन: दोस्रो पटक वर्षा भए पछि खेल स्थगित गरेर खेल २६ ओभरमा झारिएको थियो। २६ ओभरको खेलमा केन्यालाई ९४ रनको नयां लक्ष्य दिइएको थियो।    

वर्षाका कारण खेल निर्धारित समय भन्दा झणडै साढे २ घण्टा ढिला गरि सुरु भएको थियो। जसका कारण पहिलो इनिङ ३८ ओभरमा छोट्याइएको थियो।

कोलिन्स ओबोयाले केन्याका लागि सर्वाधिक २४ रन बनाए।

नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालको लागि शक्ति गौचन र सोमपाल कामीले सर्वाधिक ३० रनको साझेदारी गरे। बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा झारिएको थियो। केन्या ले टस जितेर बलिङ रोजेको थियो।  

मध्यक्रम व्याटिङ राम्रोसँग चल्न सकेन नसकेको ज्ञानेन्द्र मल्लले बताए। यो पराजयले अघिल्लो चरण प्रवेशमा कठिनाइ भए पनि निरास हुने अवस्था नरहेको उनको भनाई छ। सोमबारको खेलमा पुनरागमन हुने उनले विश्वास व्यक्त गरे।

 

 

 

 

प्रकाशित: २८ फाल्गुन २०७३ १२:०६ शनिबार

नेपाल केन्यासँग विकेटले पराजित