खेल

टस जितेर कतारले दियाे नेपाललाई ब्याटिङको निम्तो

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो।  

खेल केहिबेरमा सुरु हुँदै छ। समूह ए को अन्तिम खेलमा कतार पहिलो जितको खोजीमा हुने छ भने नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्ने दाउमा हुने छ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। 

प्रकाशित: १४ वैशाख २०८० ०३:११ बिहीबार

ब्याटिङको निम्तो