खेल

नेपालको यात्रा सेमिफाइनलमा समाप्त

काठमाडौं– आयोजक भारतसँग पराजित भएसँगै नेपालको चौथो महिला साफ फुटबलको यात्रा सेमिफाइनलमा टुङगीएको छ।

सोमबार भारतको सिलिगुडीमा सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल भारतसँग ३–१ ले स्तब्ध भएको हो।

बराबरीतर्फ अग्रसर खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा कमला देवीले गोल गर्दै भारतलाई पहिलो हाफमा १–० को अग्रता दिलाएकी थिइन्।

खेलको ५८ औ मिनेटमा भारतकी इन्दुमतीले गोल गदै टोलीको अग्रता दोब्बर पारेकी थिइन्। ७५ औ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने कोशिस गरेकी थिइन्। ८५ औ मिनेटमा सुस्मिता मलिकले गोल गदै भारतको फाइनल यात्रा सुरक्षित गरिन्।  

नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने भारत समूह बि को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।

भारतले फाइनलमा बंगलादेश र माल्दिभ्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

 

प्रकाशित: १८ पुस २०७३ १०:३५ सोमबार

नेपालको यात्रा सेमिफाइनलमा समाप्त