खेल

विश्वकप छनोट खेलः इङल्याण्ड, जर्मनी र फ्रान्स विजयी

लण्डन–विश्वकप छनोट चरण अन्तर्गत शुक्रबार राति सम्पन्न खेलहरुमा इङल्याण्ड, फ्रान्स र जर्मनी विजयी भएका छन्। विश्वकपको युरोपियन छनोट चरणको समूह एफ अन्र्तगतको खेलमा इङल्याण्ले स्कटल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको  हो।

इङल्याण्डको घरेलु मैदानमा सम्पन्न खेलको  २४ औं मिनेटमा ड्यानियल स्टरेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै एडम लालनाले खेलको ५० औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। खेलको ६१ औ मिनेटम काहिलले गोल गर्दै आफ्नो टोलीको अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र इङल्याण्डले खेल ३–० ले जित्यो।

यस जितसँगै इङल्याण्डल समूह एफमा ४ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने स्लोभानिया समान खेलबाट ८ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ।
गए राति सम्पन्न समूह सि अन्तर्गतको खेलमा जर्मनीले सान मारियोलाई ८–० को भारी अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा गानार्बेले ह्याट्रिक गर्दा केभिन हेक्टरले २ तथा सामी कडेरिया र भोल्याडले समान एक एक गोल गरेका थिए। त्यस्तै सान मारियोका स्टिफामीलीले एक गोल आत्मघाती गरेका थिए।

यस जितसँगै जर्मनी ८ खेलबाट १२ अंक जोड्दै समूह सि को शीर्ष स्थानमा रहँदा नर्दन आयरलयाण्ड समान खेलबाट ७ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ।
त्यस्तै अर्को खेलमा फ्रान्सले स्विडेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। उसको जितमा पाउल पोग्वा र डिमिट्र पयेटले समान एक एक गोल गरेका थिए। यस जितसँगै फ्रान्स ४ खेलबाट १० अंक जोड्दै समुह ए को शीर्ष स्थानमा रहेको छ। त्यस्ेलै स्विडेन ७ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । गए राती सम्पन्न अन्य खेलमा पोल्याण्डले रोमानियालाई ३–० ले पराजित गर्दा चेक गणतन्त्रले नर्वेलाई २–१ ले पराजिग गरेको छ।

 

प्रकाशित: २७ कार्तिक २०७३ ०५:३८ शनिबार

विश्वकप छनोट खेलः इङल्याण्ड जर्मनी फ्रान्स