लुभूस्थित जिनियस आइबी वर्ल्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगरलाई जिनियस स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ।
सोसम्बन्धी सम्झौतापत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे। जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनुपर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनुपर्ने, जिनियसको प्रवर्द्धन लगायतका कार्यमा सहयोग गर्नुपर्ने जानकारी गराए।
प्रकाशित: २० फाल्गुन २०७९ ०२:०४ शनिबार