खेल

मनाङ सेमिफाइनलमा

चितवन- मनाङ मर्स्याङ्दी क्लब घरेलु टोली चितवन–११ लाई ४–० लेपराजित गर्दै सोमबार नारायणगढमा जारी १२ औं टुबोर्ग रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। क्याम्पाचौरमा खचाखच उपस्थित दर्शकको साथ पाएको चितवनलाई पराजित गर्न मनाङले धेरै कसरत गर्नुपरेन। दोस्रो मिनेटमै पहिलो गोल खाएपछि चितवन दबाबमा परेको थियो। मनाङका अफिज ओलावालेले खेलको माहौल जम्न नपाउँदै गोल गरेर टोलीलाई अग्रता दिलाए।

कैलालीको हिमालयन युथ क्लबलाई टाइब्रेकरमा पराजित गरेर क्वार्टरफाइनलमा पुगेको स्थानीय टोली ए डिभिजन क्लबमनाङसामु कमजोर साबित भयो।

खेलको ३२ औं मिनेटमा मनाङका विमल रानाले दोस्रो गोल थपे। पहिलो हाफको इन्जुरी समयमा विश्वास श्रेष्ठले मनाङका लागि तेस्रो गोलगरेका थिए।मध्यान्तरअघि नै तीन गोलसाथ मनाङले खेलमा पूर्ण पकड जमायो।

६० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरेपछि मनाङले सहजै अगाडि बढ्यो। पहिलो रोजाइका गोलकिपर दिपेश यादवका ठाउँमा दीप कार्कीलाई मनाङले पोस्टको जिम्मेवारी  दियो। दीपले पोष्ट सम्हाल्नेपछि चितवनका बाबु बानियाँले गोल गर्ने अवसर गुमाए। उनकोगतिलो प्रहार कठिनसँग बचाएरदीपलेमनाङको पोस्टलाई सुरक्षित राखे। 

मनाङका विश्वास श्रेष्ठ म्यान अफ दीम्याच हुँदै १० हजार रुपैयाँ थापे। मनाङ पहिलो खेलमा भारत बिहार सिवानकोे युनाइटेड फुटबल क्लबलाई ४–१ ले हराएको थियो।

मंगलबारविभागीय टोली त्रिभुवन आर्मी क्लबलेहिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ९ कार्तिक २०७३ ०२:३४ मंगलबार

मनाङ सेमिफाइनलमा