खेल

केपी ओलीको सम्मानमा 'केपी ओली रोडरेस' प्रतियोगिता हुने

नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनका अवसरमा एमाले अध्यक्ष केपी ओलीको सम्मानमा केपी ओली रोड रेस प्रतियोगिता हुने भएको छ। 

आइतबार बिहान विराटनगरमा केपी ओली रोड रेस प्रतियोगिता आयोजना हुने नेपाल खेलकुद महासंघले जनाएको छ।

नेपाल खेलकुद महासंघको दोस्रो महाअधिवेशनको विषयमा जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महाअधिवेशन उद्घाटन अघि केपी ओली रोड रेस खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाकारी दिएको हो।

महाअधिवेशन आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले मृत्यु पछि संझानामा प्रतियोगिताहरू आयोजना हुने गरे पनि जिउँदै हुँदा सम्मानमा कार्यक्रम नहुने गरेको बताए।

उनले मरेपछि भन्दा जिउँदैमा सम्मान गर्ने परम्पराको सुरूवाद गर्न एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा विराटनगरमा खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। सहिद रंगशाला विराटनगरबाट सुरु हुने रोडरेस (खुला दौड) प्रतियोगिता  हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिबेशन स्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ। खुला सडक दौड  (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक/एक लाख प्राप्त गर्ने छन्।

महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबड्डी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ काप्रबक्ता तिर्थबहादुर खड्काले जानकारी दिए।  जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई (साकेला) नेवारहरुकोे लाखे लगायत सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने छ।

बन्दसत्रको कार्यक्रम फागुन ७ गते बेलुकाबाट मनासलु पार्टी प्यालेसमा हुने जनाइएको छ। महाधिवेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने जनाइएको छ। २९९ केन्द्रीय सदस्य महासंघमा अध्यक्षकोलागि अहिलेसम्म पर्शुराम बस्नेत बाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन्। बन्दसत्रमा राजनैतिक तथा सांगठनिक, विधान लगायतका प्रतिवेदनहरु प्रस्तुत गरिने जनाइएको छ। 

प्रकाशित: ६ फाल्गुन २०७९ १३:१० शनिबार

नेपाल खेलकुद महासंघ