खेल

सांग्रिलाको दोहोरो जित

सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ।

सांग्रिलाले लाइसियमलाई ४–२ गोलले पराजित गर्यो।सांग्रिलाका गम्भीर तामाङले ह्याट्रिक गरे।लाइसियमका दीपेन थापामगर र सन्जिल मगरले गोल फर्काए।अर्को खेलमा सांग्रिलाले दर्शनालाई ७–० को फराकिलो गोलअन्तरले हरायो।त्यस्तै मोनास्टिकले ग्लोबललाई २–०, सिसिएसले बेस्ट ग्रुप भिजनलाई १–० र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले विद्यावाण्ीलाई ७–० गोलले पाखा लगाए।आयोजक अर्किड स्कुल ‘बी’ ले गुहेश्वरीबाट वाकओभर पायो।प्रतियोगिताअन्तर्गत आइतबार पाँच खेल हुनेछन्।

प्रकाशित: २९ माघ २०७९ ००:३५ आइतबार