खेल

भुटानमा महेश्वरलाई स्वर्ण

काठमाडौँनेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन्।

भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन्।

उक्त स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया चौथो र थाइल्यान्डका खेलाडी पाँचौँ भएका थिए। उक्त प्रतियोगितामा विभिन्न स्पर्धामा २८ राष्ट्रका खेलाडीले भाग लिएका थिए। रासस

प्रकाशित: २२ भाद्र २०७३ ११:१० बुधबार

भुटानमा महेश्वरलाई स्वर्ण