पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा मोन्टपेलियरविरुद्ध जित निकालेको छ।
बुधबार राति सम्पन्न खेलमा पीएसजीले मोन्टपेलियरलाई ३-१ गोल अन्तरले हराएको हो।
पीएसजीको जितमा फाबियन रुइज, लियोनल मेस्सी र वारेन इम्रीले एकएक गोाल गरे। त्यस्तै मोन्टपेलियरका नोर्डीनले एक गोाल फर्काए।
खेलमा केलियन एमबाप्पे दुई पटक पेनाल्टीमा गोल गर्न चुके। खेलको दशौँ मिनेटमा एमबाप्पेको पहिलो पेनाल्टी मोन्टपेलियरका गोलकिपरले बचाए। तर, रेफ्रीले एमबाप्पेलाई पुनस् पेनाल्टी हान्ने अवसर दियो।
दोस्रो पटक एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो। रिबाउन्डमा आएको बललाई एमबाप्पेले फेरि बाहिर प्रहार गरे।
फाबियन रुइजले खेलको ५५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यस्तै ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गदै पीएसजीलाई दोब्बर अग्रता दिलाए।
खेलको ८९ औं मिनेटमा मोन्टपेलियरका नोर्डीनले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।त्यसपछि खेलको इन्जुरी समयमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए।
यस जितसँगै २१ खेलमा ५१ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ।मोन्टपेलियर २० अंक जोडेर १४ औं स्थानमा रहेको छ।
प्रकाशित: १९ माघ २०७९ ०३:०३ बिहीबार