खेल

तेस्रो टाइगर कप भलिबलः अपराजित सशस्त्र फाईनलमा

विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपको फाईनल  प्रवेश गरेको छ। लिगचरण र सेमिफाईनलसम्मको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा सशस्त्रले नेपाल पुलिस क्लबलाई ३–० सेटले पन्छायो।

टाइगर  ग्रुप पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा सशस्त्रले पहिलो सेट २५–१० मा लिदैं फाईनलको यात्रा तय गर्ने संकेत गरयो।  श्रीलंकाली टोली सेन्ट जोसेफले कुनैपनि जित निकाल्न सकेन्। पाँचौ स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो। यद्दपी नेपाल पुलिस क्लबले पनि पाहुना टोलीलाई पराजित गर्दै चौथो स्थानमा रहेर सेमिफाईनल समीकरण पुरा गरेको थियो।

पहिलो सेट निकै कम स्कोरमा गुमाएको नेपाल पुलिसले दोस्रो सेटमा भने सुधिारिएको प्रदर्शन गर्यो। दोस्रो सेट २५–२० मा गुमाउँदै सेमिफाईनलसम्मको यात्राबाट प्रतियोगिताको विट मार्यो। तेस्रो तथा अन्तिम सेटमा २५–१८ मा लिदैं सशस्त्रले नेपाल पुलिस क्लबमाथि सोझो सेटको जित निकाल्दै फाईनल प्रवेश गरेको हो।  

प्रकाशित: १३ माघ २०७९ ०९:२६ शुक्रबार

तेस्रो टाईगर कप भलिबल सशस्त्र फाईनलमा