खेल

तेस्रो टाईगर कप भलिबलः पाहुना टोली श्रीलंकामाथि आर्मीको सोझो सेटको जित

क्याप्शन

पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ।

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन्। नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको पाहुना टोली पहिलो सेटमा २५–२० को अन्तरमा पराजित हुन पुग्यो। दोस्रो सेटमा अझै खस्कँदो प्रदर्शन गर्यो। दोस्रो सेट २५–१७ ले गुमाएको श्रीलंकाली टोली तेस्रो सेटमा अझै कमजोर देखियो। आर्मीको स्पाईकलाई पाहुना टोलीका लिबेरोको डिफेन्स निकै कमजोर रह्यो। तेस्रो सेट २५–१० मा गुमाएपछि पाहुना टोलीको प्रदर्शनले दर्शक उत्साहित बनाउन असमर्थ रह्यो। 

प्रकाशित: ९ माघ २०७९ ०९:१२ सोमबार

तेस्रो टाईगर कप भलिबल