पारिश्रमिक विवादले रोकिएको नेपाल टी-२० लिग प्रतियोगिता सुचारु भएको छ। खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच लामो छलफलपछि खेल सुचारु भएको हो।
क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले खेलाडीलाई पारिश्रमिक दिने सहमती भएपछि खेलाडी खेल्न तयार भएका छन्।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेललाई ९ ओभरमा छोट्याइएको छ। यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ।
प्रकाशित: १९ पुस २०७९ ०५:४५ मंगलबार