खेल

नेपाल टी-२० लिग विवादमा: खेलाडीले खेल्न मानेनन्, फिक्सिङको दाबी

नेपाल टी-२० लिग प्रतियोगितामा विवाद उत्पन्न भएको छ।

पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल्न नमान्दा नेपाल टी-२० मा विवाद उत्पन्न भएको हो। विवाद भएपछि आज मंगलबारका खेलहरु हुने अन्योलमा परेको छ।

तालिका अनुसार मंगलबार बिहान ९ बजेदेखि काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल थियो। ८:३० सम्म हुनुपर्ने टस अहिलेसम्म भएको छैन। दुवै टोलीका खेलाडीले टस नै गर्न मानेन्।  

यस्तै प्रतियोगिताको कमेन्टेटर सचिन तिम्सिनाले नेपाल टी-२० लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लिगमा शंकास्पद गतिविधि भइरहेको बताएका छन्। उनले आयोजक नै गायब भएको बताएका छन्।

खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो।

आजैकाे दोस्रो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टारबीच खेल हुने तालिका रहेको छ। प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको हो। 

प्रकाशित: १९ पुस २०७९ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App