काठमाडौं– विश्वको सर्वोच्च फुटबल निकाय फिफाको इथिक्स कमिटिले अध्यक्ष जियानी इफैन्टिनोसँग सोधपुछ गर्ने बताएको छ।
हाल उनीमाथी फिफाको कोड अफ इथिक्स उल्लंघन गरेको भन्दै प्रारम्भिक अनुुुसन्धान जारी रहेको छ। फिफाका इथिक्स कमिटिका सदस्य रोर्वट टोरेसले इफैन्टिनीले आफुखुशी फिफाको नियम विपरीत रकम खर्च गरेकाले शुक्रबार सम्ममा उनीसंग सोधपुछ हुने बताए ।
इफेन्टिनोले भने आफूले कुनै नियमको उल्लंघन नगरेको बताउँदै आएका छन्। तर, उनले फिफा एक स्वतन्त्र निकाय भएकाले इथिक्स कमिटीले चाहेको समयमा अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको बताएका छन्।
यसअघि पनि फिफा बेला बेलमा आर्थीक अनियमीतता गरेको भन्दै विवादमा फस्दै आएको छ। फिफाले औपचारिक छानबिन सुरु गरेमा इफेन्टिनोलाई ९० दिनको निलम्बन हुनसक्छ।
प्रकाशित: ३१ असार २०७३ ०८:३२ शुक्रबार