खेल

मेसीको सन्यासमा निराश रोनाल्डो

पेरिस–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोनेल मेसीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिनु फुटबल जगतकै लागी दुखद भएको बताएका छन्। 

फ्रान्समा जारी युरोकप २०१६ को वेल्स विरुद्धको सेमीफाइनल खेल्नु अघि उनले आफ्ना चिरप्रतिद्धन्दी मेसीका विषयम आफ्नो धारणा सार्वजनीक गरेका हुन्।

उनले मेसीले अत्यन्त कठिन निर्णय लिएको र उनको यो व्यक्तिगत निर्णय भएको पनि बताए। साथै उनले मेसी पराजय भोग्न नसक्ने खेलाडी भएको एउटा पेनाल्टी खेर फाल्दैमा कोहि नराम्रो खेलाडी नहुने पनि बताए।

उनले मेसीले आफ्नो निर्णयमा पुर्नविचार गर्नेमा आफु आशावादी रहेको उल्लेख गरेका छन्।  कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा पराजीत भएसँगै मेसीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिने अप्रत्यासीत निर्णय लिएका थिए। उनलाई यो निर्णयमा पुर्नविचार गर्नु भन्दै दवाव आइरहेको छ।

 

प्रकाशित: २१ असार २०७३ ०८:३२ मंगलबार

मेसीको सन्यासमा निराश रोनाल्डो