खेल

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

भावना घिमिरे

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजिनामा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको  जनाएकी हुन्।

'क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको छु', घिमिरेले ट्विट गर्दै भनेकी छिन्, 'करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु।'

शुक्रबार नै क्यानलाई अन्तरार्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले निलम्बन अनुमोदन गरेको थियो। स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यानमाथिको कारवाही अनुमोदन गरेकै दिन सिइअाे घिमिरेको राजिनामा अाएको हो।

घिमिरे अक्टोबर २०१४ मा क्यान सिइओ नियुक्त भएकी थिइन्।

प्रकाशित: १७ असार २०७३ १२:३६ शुक्रबार

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा