खेल

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

न्युयोर्क- अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वेरोले आफूलगायत टिमका अन्य केही खेलाडीहरु चिलीविरुद्धको पीडादायी हारपछि अन्तर्राष्ट्रिय खेलबाट विदाइ लिने सोचमा रहेको बताएका छन्। उनले ड्रेसिङ कक्षमा आजको जस्तो पीडादायी क्षण कहिल्यै नभोगेको बताए। त्यसैले आफूसिहत केही खेलाडी यात्रा टुङ्ग्याउने सोचमा रहेको बताए।

उनको टिप्पणीसँगै दक्षिण अमेरिकी सञ्चारमाध्यमले जाभिएर मास्कारानो, लुकास विगलिया, इभर बनेगा, लाभेजी तथा एन्जेलो डी मारियालगायतका खेलाडीहरुले सन्यास लिन लागेको बताए।

यता अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोले आफ्ना कप्तान लियोनेल मेसीको संन्यास घोषणामा पुर्नविचार गर्नुपर्ने बताएका छन्। उनले आफूहरुले कोपा अमेरिकाको उपाधि जित्दै गतवर्ष चिलीसँग भोगेको हारको बदला लिने सुनौलो अवसर गुमाएको र मेसीले आवेगमा आएर सन्यासको घोषणा गरेको बताए।

प्रकाशित: १३ असार २०७३ ०७:३२ सोमबार

अग्वेरोले भने- मलगायत अन्य खेलाडी सन्यास गर्ने मुडमा