खेल

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

न्युयोर्क- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्। खेलमा उनको पेनाल्टी प्रहार बाहिरिएको थियो।

खेल सकिएपछि टिवाइसी स्पोर्टससँग कुरा गर्दै मसीले आफूले अब अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेल्ने बताएका हुन्।

मेसीले सामाजिक सञ्जाल टि्वटरमा टि्वट गर्दै भनेका छन्- 'अर्जेन्टिनाको राष्ट्रिय टिमबाट आफूले खेल्ने दिन सकिएको छ। मैले यो निर्णय आफू स्वयंले गरेको र ती ब्यक्तिहरु जो मेरो सन्यासको प्रतिक्षामा छन् उनीहरुका लागि पनि गरेको हुँ।'  उनले धेरै मेहनत गरे पनि केही योगदान नदिइ छाड्न लागेको बताएका छन्।

मेसीले सन् २००४ बाट अर्जेन्टिनाको यु-२० बाट खेल यात्रा सुरु गरेका थिए। उनले सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। उनले सिनियर टोलीबाट १ सय १२ खेल खेल्दै ५५ गोल गरेका थिए।

 

प्रकाशित: १३ असार २०७३ ०४:४९ सोमबार

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास