खेल

विश्वकप फुटबल : आज इङ्ल्यान्ड र फ्रान्स तथा पोर्चुगल र मोरोक्को भिड्दै

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज राती क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ।

आज नेपाली समयअनुसार राति ८ः४५ बजेपछि पोर्चुगल र मोरोक्को बिच खेल हुनेछ। पोर्चुगल स्वीजरल्याडलाई ६-१ को फराकिलो अन्तरबाट हराउँदै क्वाटरफाइनलमा पुगेको हो। त्यसैगरी मोरोक्को स्पेनलाई पेनाल्टीमा ३-१ गोलले हराउँदै क्वाटरफाईनलम पुगेको हो। 

कतारको अल थुमामा रंगशालामा हुने यी दुई बिचको खेलमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरोक्को पोर्चुगललाई पनि हराएर इतिहास रत्ने दाउमा रहेको छ। त्यसैगरी पोर्चुगल पनि अघिल्लो खेलमा स्वीजरल्याडलाई ६-१ को फराकिलो अन्तरले हराएसंगै उच्च मनोबलका साथ मैदान उत्रँदै मोरोक्कोलाई हराएर सेमिफाइनलमा आफ्नो स्थान बनाउन चाहन्छ।  

त्यसैगरी आज मध्य राती  १२ः४५ बजे अल बायट रंगशालामा  साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच खेल हुनेछ।फ्रान्स पोल्यान्डलाई ३–१ ले हराएर क्वाटर फाइनलमा पुगेको हो। त्यसैगरी इंग्ल्यान्ड सेनेगललाई ३–० ले हराउँदै क्वाटर फाइनलमा पुगेको हो। साविक विजेता फ्रान्स ईग्ल्याडलाई हराएर सेमिफाइनलको यात्रा तिर जान चाहन्छ। त्यसैगरी गत वर्षको युरो कप उपविजेता ईग्ल्याड पनि फ्रान्सलाई हराउँदै सेमिफाइनल पक्का गर्न चाहन्छ।

प्रकाशित: २४ मंसिर २०७९ ०९:४४ शनिबार

कतारमा विश्वकप फुटबल