समाज

आजको मौसम: पहाडमा सफा, हिमाली भेगमा हिमपातको सम्भावना

फाइल तस्बिर।

हाल देशको पहाडी भू—भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

साथै प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १ मंसिर २०७९ ०४:५० बिहीबार

मौसम