समाज

आजको मौसम: हल्का बर्षा र हिमपातको सम्भावना

हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

त्यस्तै आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कर्णाली प्रदेशको हिमाली भू–भागको थोरै स्थानहरुमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा शतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App