समाज

आजको मौसम: मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल सुदूरपश्चिम,  कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ।

यस्तै, राती  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०२:०१ बिहीबार

मौसम