समाज

उदयपुरमा आगलागी हुँदा पौने दुईकरोडको धनमाल नष्ट

गएराति उयदपुरमा आगलागी हुँदा झण्डै पौने २ करोड बराबरको धनमाल नष्ट भएको छ। त्रियुगा नगरपालिका ७ चुहाडे चोकस्थित पर्शुराम राईको जग्गामा निर्मित ट्रसको टहरासहित त्यसमा रहेका कपडा पसल, फर्निचरलगायत ३ जनाको व्यवसाय आईतबार राति ११ः०० बजे आगलागी हुँदा सो क्षति भएको हो।  

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय राजु कार्कीले आफ्नो घरसँगै जोडिएको राईको जग्गा भाडामा लिएर टहरा बनाई भाडामा लगाएका फर्निचर र कपडा पसल तथा फलफुल पसल सबै जलेर नष्ट हुँदा १ करोड ६५ लाख बराबरको क्षति भएको छ। राति एक्कासी विद्युत सट भएर भएको आगलागीले टहरासँगै जोडिएको कार्कीको घरको सटरमा रहेको कपडा पसल, फर्निचर र सुनचादी तथा नगद जलेको छ।  

फर्निचर, कपडा र ७ तोला सुनसहित नगद ३ लाख ५० हजारसमेत गरी कार्कीको मात्र अन्दाजी ८० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। त्यस्तै टहरासँगैको अनिल घिमिरेको एउटा सटरमा सञ्चालित एग्रोभेट पसलको सम्पूर्ण मालसामान र औषधि जल्दा अन्दाजी ६५ लाख बराबरको क्षति भएको छ। त्यसैगरी सोही ठाउँमा वीरेन साहले सटरमा होटल र सँगै जोडेर टाटी बेरामा चलाएको फलफुल पसल जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  

आगलागीको खवर पाएलगत्तै सदरमुकामबाट खटेको प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी दमकलको सहयोगमा मध्यरात १२ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए।

प्रकाशित: १४ कार्तिक २०७९ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App