समाज

मकवानपुरमा आगलागीबाट करिब ७५ लाखको क्षति

फाइल तस्बिर

मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण )कम्प्युटर/टेलिभिजन)लगायत जलेर नष्ट हुँदा  ७५ लाख बराबरको सामग्रीको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए।  

उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७९ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App