समाज

आज देशभरको मौसम सफा रहने

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ।  

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी र  लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७९ ०४:११ शुक्रबार

मौसम