समाज

कर्णालीका चार जिल्ला 'संकटग्रस्त' क्षेत्र घोषणा

सरकारले कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावितक स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

साथै, मन्त्रीपरिषद्को बैठकले बैदेशिक लगानीकर्ताहरूका लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ। सो बारे दातृ निकायसँग बार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ।

बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीको म्याद शुक्रबार सकिएकोमा, ती बस्तुको पैठारीमा लगाइएको बन्देज आगामी मंसिर मसान्तसम्मको लागि निरन्तरता दिने निर्णय गरेको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०९:१२ शनिबार

कर्णाली