समाज

मनास्लुमा बेपत्ता अमेरिकी स्की पर्वतारोही मृत भेटिइन्

मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत भेटिएकी छिन्। मनास्लु हिमाल आरोहण गर्ने क्रममा सोमबारदेखि हराइरहेकी हिलारीको शव बुधबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

शव उत्तरी गोरखाको सामागाउँमा मुचुल्का गरेर काठमाडौँ पठाउने तयारी भइरहेको एसपी केदार खनालले बताए। उनीसँगै गएका जिम मोरिसन भने शकुसल आधार शिविर फर्किएका छन्। यी दुई जना स्की गर्न गएका थिए।

उनको दुर्घटना भएको स्थलबारे अध्ययन गर्न अमेरिकाबाट उनका परिवार आउँदै गरेका सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रवन्ध निर्देशक जीवन घिमिरेले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०७९ ०७:४८ बुधबार

मनास्लु हिमाल