समाज

नक्कली प्रमाणपत्रधारी को–पाइलट पक्राउ

काठमाडौं–नक्कली शैक्षिक प्रमाणपत्रका अाधारमा  विमान चालक अनुमति पत्र लिइ विमान उडाउँदै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोमा एयरको को–पाइलटमा कार्यरत नक्कली प्रमाणपत्रधारी धनुषाको भरतपुर–१ स्थायी घर भएका ३६ वर्षीय विकास कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

प्रहरीका अनुसार फिलिपिन्सबाट पाइलट कोर्ष पढेका उनले काठमाडौंको अमृत साइन्स क्याम्पस(अस्कल)को नाममा अाइएस्सीकाे प्रमाण पत्र नक्कली बनाएका थिए। उनी भारतकाे लखनउकाे एक कलेजमा अाइएस्सी अध्ययनका लागि भर्ना भएकाे देखिएकाे पनि प्रहरीले जनाएकाे छ।

उनले नक्कली शैक्षिक प्रमाणका अधारमा नक्कली चालक अनुमति पत्र बनाएका हुन्। उनको नक्कली विमानचालक अनुमति पत्र नं. सीटीएल (ए) ४८६ रद्ध गरिएको छ। अभियुक्त कार्कीलाई प्रहरीले छापा दस्तखत किर्ते ऐन अन्तगर्त मुद्धा चलाउन लागेको बताको छ।

प्रहरीकाे 'अपरेशन हक'अन्तर्गत उनलाई मंगलबार प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको थियो।

प्रकाशित: २२ वैशाख २०७३ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App