समाज

दशैँका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला

फाइल तस्बिर

यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ। यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको हो।

नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर, सुन्धारा र कलंकीलगायत टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको छ।

यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन्। बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने विभागले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७९ ०२:११ शनिबार

अग्रिम टिकट बुकिङ